चोरीमा संलग्नलाई अनुसन्धान गर्न नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको माग
चितवन | असार ३, २०८१
चितवन: नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ६ स्थित विनोद सुनचाँदी पसलमा चोरी भएको घटनाबारे अनुसन्धान गर्न माग गरेको छ ।
गत शनिबार करिब बेलुका ८ बजे सुनचाँदी पसलमा मुखमा माक्स लगाएका व्यक्तिहरु प्रवेश गरि हात हतियार देखाई पसलमा डिस्प्ले गरेका सम्पूर्ण गरगहनाहरु उठाएर लगेकाले आवश्यक अनुसन्धान गर्न गृह मन्त्रालय तथा मातहतका प्रहरी कार्यालयलाई महासंघले माग गरेको हो ।
औपचारिक रुपमै गृहमन्त्रालय, नेपाल प्रहरीको केन्द्रीय कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवनलाई पत्र पठाइसकेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ ।
आपराधिक मनासयसहित चोरी गरेको घटनाप्रति महासंघले विज्ञप्ती जारी गर्दै दुख व्यक्त गरेको छ । साथै महासंघले प्रहरी समक्ष यथाशिघ्र घटनामा संलग्नलाई खोजी गरी कारवाहीकाे दायरामा ल्याउन र चोरीका धनमाल फिर्ता गर्न माग गरेको छ ।

'स्थानीय व्यस्त पूर्वी चितवनको खोलेसिमल बजारमा रहको पसलमा त्यति ठूलो आपराधिक घटना हुँदासमेत सुरक्षा संयन्त्रले थाहा नपाउनु र घटना भएको आज तीन दिनसम्म पनि अपराधी पत्ता लाग्न नसक्नुले थप अन्योल र आशंका उत्पन्न भएको छ । साथै यसबाट सुरक्षा संयन्त्र एवं अनुसन्धान निकायको प्रभावकारिता माथि नै चुनौति खडा भएको महशुस गरिएको छ, विज्ञप्तीमा भनिएको छ, 'तसर्थ अनुसन्धान कार्यलाई थप प्रभावकारी रुपमा तीव्रता दिई छिटो भन्दा छिटो उक्त घटनाको अपराधी पत्ता लगाई कानूनको दायरामा ल्याउन र पीडितको चोरी भएको धनमाल दिलाई भराई न्याय पाउने व्यवस्थाका लागि अविलम्व आवश्यक पहल हुन सम्बन्धित निकायसंग महासंघ जोडदार माग गर्दछ ।’
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

